
काठमाडौं, ९ माघ । चीनमा पहिलो पटक देखा परेको कोरोना भाइरको संक्रमणको त्रास नेपालमासमेत परेको छ । यो भाइरसको जोखिम बढेसँगै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भाइरसको संक्रमण बढेसंगै चेकजाँच अगाडि बढाइएको छ ।
विमानस्थल कार्यालयले चीनको वुहान शहरबाट आउने यात्रुको निगरानी गर्न थालेको छ ।वुहान शहरबाट आएका एक नेपालीमा यो भाइरसको सङ्क्रमण देखिएपछि ती व्यक्तिको नमुना परीक्षणका लागि हङकङ पठाइएको छ ।
यस भाइरसबाट हजारौँ संक्रमित भएको आशंका गरिएकोे छ ।















प्रतिक्रिया