शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कतारमा घेदुङ्को २८५६ सोनाम जीवा-ल्होछार भव्य रुपमा मनाइयो

दैनिक नेपाल २०७६ माघ ७ गते २१:०५

 

दोहा, कतार, ७ माघ । शुक्रबार १७ जनवरी २०२० मा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले आयोजना गरिएको २८५६ औं सोनाम जीवा ल्होर नाम्यूङ वर्ष) ल्होछार समारोह तथा प्रथम वार्षिकोत्सव २०२० सम्पन्न गरेको छ ।

कार्यक्रम संस्थाका का.वा. अध्यक्ष ज्ञानमान थिङ तामाङ (तारा) को सभापतित्वमा तथा नेपाली राजदुतावास दोहा कतारका राजदूत डा.नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रम एसियन टाउन, ग्राण्ड मलमा अवस्थित क्रीकेट स्टेडियमको सभाहलमा गरिएको थियो ।

तामाङ समुदायको मौलिक कला, संस्कार संस्कृति भेष भुषा,भाषा, धर्म, लिपिको सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने उदेश्यले ” सोनाम ल्होछारको प्रवर्द्धन, हाम्रो साँस्कृतिक एकताको मूल नारा,ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक एकताको मूल अभिभारा !!’ भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएकाे थियाे ।

ल्होछार कार्यक्रम बौद्ध धार्मिक अनुसार लामा गुरुहरुद्वारा पुजापाठ शुद्धता गरि, मोलम मन्त्र प्रवचन पश्चात् सभापति, प्रमुख अतिथी, विशिष्ट अतिथिहरुद्वारा संयुक्त रुपमा दिप प्रज्वलन, राष्ट्रिय गान वाचन गरि समारोह उद्घाटन गरिएको थियो ।

त्यस्तै, विशेष गरि नुवाकोट, रसुवा, धादिङ भेगमा प्रचलित संस्कार लामा नाच, घोडा नाच, बदेल नाच, खन्डङ् नाच लगायत विभिन्न झाँकी कला प्रदर्शन गरेका थिए । संस्कृति घेदुङ कतारका स्थानीय कलाकार हरुले स्वागत नृत्य, ताम्बा घेदुङ कतारले स्वागत गित प्रस्तुत गरेको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिहरुमा, एनआरएनए आईसिसि पुर्व मानार्थ सदस्य कमलमणि गुरागाँइ, नेपाली राजदूतावास कतारका द्वितीय सचिव प्रविण भट्टराई, तृतीय सचिव तुलसि प्रसाद कोईराला, एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहमद मुक्तदा मुसालमान रहेका थिए ।

त्यसैगरी एनआरएनए एनसिसि हङकङका महासचिव गोकर्ण ढकाल, प्रवासी नेपाली एकता मंन्च कतारका अध्यक्ष चाणक पोख्रेल, जनसम्पर्क समिति कतारका सभापति शंकर न्यौपाने, नेपाली समाज कतारका अध्यक्ष हिराधन राई, संघिय लिम्बुवान कतारका अध्यक्ष रेखा राई, प्रदेश नं. ३ समन्वय समिति कतारका अध्यक्ष समीर के सि, गण्डकी प्रदेश कतारका वरिष्ठ उपाध्यक्ष प्रेम रसाइली, लुम्बिनी प्रदेश कतारका प्रथम उपाध्यक्ष ठाकुर कुमार परियार, नेपाली धानुक सेवा समाज कतारका सचिव सुर्यनरायण मण्डलहरु पनि विशिष्ट अतिथिको रुपमा उपस्थित थिए ।

त्यस्तै, तमु प्ये ल्हु संघ कतारका अध्यक्ष रविन्द्र तमु, तमु गुरुङ समाज कतारका महासचिव तेज गुरुङ , किराँत याकथुङ चुम्लुग कतारका प्रतिनिधि सगर लिम्बू, व्यवसायी तथा समाजसेवी दिलकिरण खजुम, सागर अधिकारी, सलिम खान, समाजसेवी तथा बुद्धिजीवी प्रेम लामा तामाङ उपस्थिति रहेको थियो ।

अतिथिहरुमा सिन्धुली सेवा समाज कतारका कार्यबाहक अध्यक्ष निस बहादुर सुनुवार, सर्लाही प्रवासी सेवा समाज कतारका अध्यक्ष कुमार न्यौपाने, नुवाकोट सेवा समाज कतारका कार्यबाहक अध्यक्ष रामहरि अधिकारी, खोटाङ सेवा समाजका उपाध्यक्ष डिल्ली सेर खड्का, अर्घाखाँची सेवा समाज कतारका उपाध्यक्ष बम बहादुर बस्नेत थिए ।

त्यस्तै, काभ्रेपलान्चोक सेवा समाजका अध्यक्ष नारायण विष्ट, बुद्वभुमि कपिलबस्तु सेवा समाजका अध्यक्ष अख्तर अलिखान, समाजसेवी सहनावाज पखेज, यज्ञ प्रसाद दाहाल, चितवन सेवा समाज कतार प्रतिनिधि ईश्वर पौडेल, तामाङ विगो परिवारका राजिव तामाङ, लिमो लाईटका सलिम खान अतिथिको रुपमा रहेका थिए ।

त्यसैगरी, नुवाकोट जिल्ला साल्मे संगमका वडा अध्यक्ष एकराज घले साथै मिडिया कर्मी, सिभ राज गौतम, डिबि तामाङ, लिला आले मगर, राज लुजाल, दिनेश मानन्धर लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित