
काठमाडौं, ७ माघ । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु् हुनेको संख्या चार पुगेको छ । तीव्र गतिमा फैलिएको कोरोना समूहको नयाँ रहस्यमयी भाइरसको संक्रमणका कारण चारजनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका हुन् ।
यसअघि मानिसबाट मानिसमा भाइरसको संक्रमण भएको पुष्टि नभएको बताएको चीनले अहिले भाइरसको संक्रमण मानिसबाट मानिसमा पनि हुन्छ भन्ने पुष्टि गरेको छ ।
गत डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोपटक देखिएको सो भाइरसको संक्रमण हाल दुई सयजना भन्दा बढीमा पुष्टि भएको जनाइएको छ ।















प्रतिक्रिया