
काठमाडौं, ७ माघ । मकवानपुरको थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा अचेत भेटिएका ८ भारतीय नागरिक सबैको मृत्यु भएको छ ।
उनिहरुको काठमाडौँको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
सोमबार थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए।
कोठामा ग्यास हिटर बालेर सुतेका उनिहरुको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने दुई जना महिला र दुई पुरूष र चार बालबालिका रहेका छन्।
उनिहरुको पूर्ण विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया