१ कार्तिक २०८३, आइतबार

कैयौं महिनाको कुराकानी र संघर्षपछि हामी अलग्गिने निर्णयमा पुगेका हाैँ : ह्यारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ ।  बेलायती राजकुमार ह्यारीले राजपरिवारबाट बाहिरिने आफ्नो निर्णय लामो छलफल, संघर्षबाट अन्तिम निर्णयमा पुगेको बताएका छन् ।

बकिंघम दरबारले ह्यारी र मेघनको शाही पदवी खोसिने निर्णय गरेपछि पहिलो पटक सार्वजनिक सम्बोधन गरेका राजकुमार ह्यारीले बेलायत आफुले धेरै मायाँ गर्ने माटो भएकाले सदैब माया गरिरहने बताए । आफूहरुले निरन्तर महारानी, कमनवेल्थ र सैन्य संस्थामा सेवा गर्न चाहे पनि सम्भव नभएको उनले बताए।

‘हामीले महारानी कमनवेल्थ र सैन्य संस्थामा निरन्तर सेवा गर्न चाहन्थ्यौं तर नागरिकको पैसाले होइन, आफ्नै कमाइले। तर त्यो सम्भव भएन’,उनले भने । सम्बोधनका क्रममा राजकुमार ह्यारीले आफू र श्रीमती मेघना जिम्मेवारीहरुबाट भाग्न नखोजेको भन्दै बेलायतलाई संधै माया गरिरहने स्पष्ट पारे । साथै ह्यारीले वित्तिय रुपमा आत्मनिर्भर हुने गरी काम गर्ने योजना रहेको पनि उल्लेख पनि गरेका छन् ।

केही हप्ता अगाडि राजकुमार ह्यारी र युवराज्ञी मेघनले आर्थिक रुपले आत्मनिर्भर बन्ने भनेर शाही पद त्याग्ने घोषणा गरेका थिए।बकिंघम दरबारसँगको सम्झौताअनुसार ह्यारी र मेघनले वीन्डजोर वर्कसायरस्थित आफ्नो निवास फ्रगमोर कटेज मर्मतका लागि करदाताबाट लिएको २.४ मिलियन पाउन्ड पनि फिर्ता गर्ने भएका छन्। उनीहरु सैन्य नियुक्तिबाट हट्ने र बेलायती महारानीको औपचारिक प्रतिनिधित्वसमेत नगर्ने बीबीसीले जनाएको छ।