
काठमाडौं, ५ माघ । मिडिया काउन्सिल विधेयकमा जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाउन सरकार तयार भएको छ।
राष्ट्रिय सभा विधेयकमाथि छलफलको क्रममा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले विधेयकमा जरिवानाको हटाउने बताउनुभयो ।
यसअघि सरकारले ल्याएको विधेयकमा आमसञ्चार माध्यम, पत्रकार, प्रकाशकलाई काउन्सिलले २५ हजार देखि १० लाखसम्म जरिमाना गराउन सक्ने प्रावधान थियो।
विधेयकको यो प्रावधानको पत्रकार महासंघ सहित सञ्चार क्षेत्रले व्यापक विरोध गरेका थिए।











प्रतिक्रिया