काठमाडौं, ५ माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले देशभरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार विरोधपत्र पठाएको छ ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई सूचना प्रविधि र विशेष सेवा विधयेकको विरोधको पत्र पठाइएको हो ।
काठमाडौंमा भने माइतिघरमा भेला भएका कांग्रेस नेता कार्यकर्ता जुुलुस गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।
संसदीय समितिले बहुमतका आधारमा निर्णय गरी सदनमा छलफलका लागि सूचना प्रविधि र विशेष सेवा विधयेक पारित गरिसकेका छन् । जसको सार्वजनिक फोरम र सडकमा तिव्र आलोचना भइरहेको छ ।















प्रतिक्रिया