९ मंसिर २०८३, बुधबार

एमसीसी अस्वीकार गरे देशको लागि ठूलो गल्ति हुन्छ : सभापति देउवा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ५ माघ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना जुनसुकै हालतमा पनि संसदबाट पास हुुनपर्ने बताएका छन् ।

दाङमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले एमसीसीलाई अस्वीकार गर्नु देशको लागि ठूलो गल्ति हुने बताए । आफ्नो पालमा यो सम्झौता भएको भन्दै देउवाले यो सहयोगले देश विकासमा ठूलो सहयोग हुने बताए ।

यति ठूलो रकम अमेरिकाले पहिलो पटक सहयोगमा दिएकाले जसरी पनि पारित गरिनुपर्ने देउवाको धारणा रहेको थियो । एमसीसी पारित भए विद्युत व्यापार विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने दाबी पनि उनले गरे ।

एमसिसी पारित भए नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने भन्दै देउवाले बुटवलदेखि नयाँदिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको बताए ।