९ मंसिर २०८३, बुधबार

अग्नी अबका सभामुख

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमति भएको छ ।

यो सहमतिलाई आइतबार नेकपा सचिवालय बैठकले अनुमोदन गरेपछि सोमबार सभामुखको निर्वाचन प्रक्रिया प्रतिनिधि सभामा हुनेछ । यो प्रक्रियाअघि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्नेछिन् ।

सापकोटा प्रचण्डनजिक मानिन्छन् । प्रचण्ड नेतृत्वका सरकारमा उनले मन्त्री भएर काम पनि गरिसकेका छन् । स्रोतका अनुसार एमसीसीलाई पारित गराउन टेबुल गर्ने सर्तका आधारमा सापकोटाको नाममा सहमति जुटेको हो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा तत्कालिन सभामुख कृष्णबहादुर महरा पूर्पक्षका लागि थुनामा छन् । महराले राजीनामा गरेपछि तल्लो सदन मानिने प्रतिनिधि सभाको सभामुख पद खाली थियो ।

लामो समयको रस्साकस्सीपछि नेकपा अध्यक्षहरूले सापकोटाका नाममा सहमति जुटाएका हुन् । यसअघि पम्फा भुसाल, सुवास नेम्वाङ र उपसभामुख तुम्बाहाम्फेका नाममा पनि सभामुख पदमा लैजाने विषयमा सहमतिका प्रयासहरु भएका थिए ।