
काठमाडौं, ५ माघ । दुई मन्त्रालय खाली नै राखेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चार राज्यमन्त्री नियुक्ति गर्ने भएका छन् ।
मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्त गर्ने बताइएको छ ।
नियुक्त गरेपछि आइतबारै चार जनालाई शपथ गराउने तयारी भएको छ । नेकपा प्रदेश १ कमिटीको निर्णयविपरित मन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्न लागेको बताइएको छ ।











प्रतिक्रिया