शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझायाे

दैनिक नेपाल २०७६ माघ ५ गते १२:१९

काठमाडौं, ५ माघ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयक र नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी कानुन विरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार सरकारलाई विरोधपत्र बुझाएकाे छ ।

७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् विधेयक सच्याउन माग गर्दै कांग्रेसले सरकारलाई विरोधपत्र बुझाएकाे हो। पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकाल्दै ७७ जिल्ला प्रशासन कार्यालयमार्फत सच्याउन माग गर्दै पुस २८ गते सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो।

केन्द्रीय कार्यसमितिले तय गरेको मितिमा विरोध पत्र बुझाउन असम्भव भएपछि शुक्रबार बसेको संसदीय दलको बैठकले आइतबार बुझाउने निर्णय गरेको थियो।

पार्टीमा देखिएका आन्तरिक विवादका कारण नेता रामचन्द्र पौडेल समूह निकटका जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएकाले त्यसदिन कांग्रेसले विरोधपत्र बुझाउन नसकेको हो।

प्रतिक्रिया
सम्बन्धित