शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सभामुखको प्रस्ताव प्रचण्डले गर्ने, नाम तय हुन बाँकी

दैनिक नेपाल २०७६ माघ ५ गते ११:०८

काठमाडौं, ५ माघ । सोमबारका लागि डाकिएको प्रतिनिधि सभाको बैठकमा सभामुखको प्रस्ताव गर्ने तयारीसाथ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बालुवाटारमा भेटवार्ता भएको छ ।

नेकपा सचिवालयका बहुमत सदस्यले सभामुखको प्रस्ताव अध्यक्ष प्रचण्डले गर्दा राम्रो हुने सुझावलाई ओलीले स्वीकार गर्ने बताइए पनि नाममा भने सहमति हुन सकेको छैन ।

प्रचण्डले सभामुखका लागि अग्नी सापकोटालाई अगाडि सारेका छन् भने ओलीले सुवास नेम्वाङलाई उपयुक्त उम्मेदवार भन्दै आएका छन् । सापकोटासँग सदन चलाएको अनुभव छैन भने नेम्वाङले पुर्नस्थानपित प्रतिनिधि सभा र पहिलो संविधानसभाको नेतृत्व गरिसकेका छन् ।

यता, राष्ट्रपति विद्यादेवी भण्डारीलगायत नेकपाका महिला नेत्रीले भने सभामुखमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नै भए राम्रो भन्दै पार्टीमा लविङ गरिरहेका छन् । तुम्बाहाम्फे आफैं पनि सभामुखका लागि योग्य र दाबेदार उम्मेदवार हुन् ।

नेकपाले सभामुखको नाम तय गरे आफूले उपसभामुख पदबाट राजीनामा दिने तुम्बाहाम्फेले बताउँदै आएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित