शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अन्नपूर्ण पदमार्गमा तीन नेपालीसहित ११ जना अझै बेपत्ता

दैनिक नेपाल २०७६ माघ ५ गते १०:२२

काठमाडौं, ५ माघ ।   अन्नपूर्ण पदयात्राका लागि गएका आठ विदेशी पर्यटक सहित तीन नेपाली अहिलेसम्म बेपत्ता रहेका छन् ।

बेपत्ता हुने विदेशी पर्यटकमा दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा शेर्पा छिसिङ लामा, भरिया मीनबहादुर लामा र सरोज नेपाली छन् । यस्तै, मनाङमा चारजना चिनियाँ नागरिक सम्पर्कविहीन छन् ।

शुक्रबार अन्नपूर्ण आधार शिविर जान हिँडेका उनीहरू तीन हजार एक सय मिटरको देउरालीसम्म पुगेका थिए । माथिको मौसम खराब रहेको थाहा पाएपछि त्यहीँबाट फकर्ने क्रममा उनीहरू सम्पर्कविहीन भएका हुन् ।

पदमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित देउरालीबाट दुई हजार पाँच सय पाँच मिटरको दोभान र दुई हजार नौ सय २० मिटरको हिमालयनको बीचमा पर्ने हिंकु भन्ने स्थानबाट उनीहरू सम्पर्कविहीन भएको बताइएको छ ।

शनिबार बेपत्ताको खोजीका लागि हेलिकप्टरसमेत प्रयोग गरी खोजी गरिए पनि पत्ता लाग्न नसकेको बताइएको छ । पदयात्रामा गएर अलपत्र परेका एक सय ४१ जनाको भने उद्वार गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित