शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बाख्रा जोगाउँदा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

दैनिक नेपाल २०७६ माघ ५ गते ६:०४

सिरहा, ५ माघ । पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत गोलबजार नगरपालिका-७ मा ट्याक्टर दुर्घटना हुादा दुई जनाको ज्यान गएको छ।

शनिबार पुरानो चोहर्वास्थित बाख्रा जोगाउने क्रममा डिजे साउण्ड बोकेर विवाहबाट फर्किएको स १ त ६५६० नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

मृत्यु हुनेमा लहान नगरपालिका-१३ का २२ वर्षीय सन्तोषकुमार यादव र धनगढीमाई नगरपालिका-१२ का २० वर्षीय श्रीप्रसाद मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई गोलबजारको भुमिजा अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि रेफर गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

तीव्र गतिमा डिजे बोकेर आउँदै गरेको ट्याक्टरले बीच सडकमा आएको एक बाख्रालाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना भएपछि ट्याक्टरमा लाखिएको डिजे (साउण्ड बक्स बाजा) ले मृतक यादव र मण्डलको टाउकोमा गम्भीर चोट लागेको थियो ।

डिजे बोकेको उक्त ट्याक्टरमा १३ सवार थिए। धनगढीमाई नगपालिका-११ का ट्याक्टर चालक २३ वर्षीय दशरथ मण्डल र ट्याक्टर प्रहरी नियन्त्रणमा छन्।

प्रतिक्रिया
सम्बन्धित