९ मंसिर २०८३, बुधबार

बाख्रालाई जोगाउदा ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, ४  माघ ।   पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका-७ मा भएको ट्र्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा लहान-१३ का २२ वर्षीय सन्तोष यादव र नाम, ठेगाना नखुलेका अर्का एक किशोर रहेका प्रहरीले जनाएको छ । घाइतेहहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

धनगढीमाई नगरपालिबाट कर्जन्हा नगरपालिकामा जन्ती जाँदै गरेको स १ त ६५६० नम्बरको साउण्ड सिष्टम र जेनेरेटर बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउने क्रममा पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।