शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

द्वन्द्वकालीन मुद्दा टुंग्याउन नेकपा र कांग्रेसबीच दुई बुँदे समझदारी

दैनिक नेपाल २०७६ माघ ४ गते १२:४९

काठमाडौं, ४ माघ ।    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन र नियुक्तिका लागि दुई बुँदे समझदारी भएको छ ।

द्ववन्दकालीन मुद्वा समाधानका लागि भन्दै लगातार भएको छलफलपछि आज दुई बुँदे सहमति गर्ने सहमति भएको हो । बैठकमा दुवै आयोगसँग सम्बन्धित कानुनलाई संसदबाट प्राथमिकताका साथ पारित गर्ने समझदारी भएको बताइएको छ ।

सिफारिस कमिटीको बैठक पनि आजै बस्ने बताइएको छ । सिफरिस कमिटीले पदाधिकारी सिफारिस गरेलगत्तै मन्त्रिपरिषद बैठक बसेर नाम पारित गर्ने सहमति भएको छ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरेको थियो।

द्वन्द्वकालीन मुद्दा किनारा लगाउनेबारे दुवै दलले सदनमा एकमत भएर अगाडि बढ्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले बताए। दुवै आयोगका कानुनका मस्यौदा लिएर दुवै दलका प्रतिनिधि सातवटै प्रदेशमा गएर पीडितका प्रतिनिधिसँग छलफल गरेका थिए। पीडितका सुझाव समेटेर विधेयक पारित गर्ने सत्तारुढ र प्रतिपक्षबीच सहमति भएको हो।

प्रतिक्रिया
सम्बन्धित