
काठमाडौं, ४ माघ । आगामी माग ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा पार्टीले उम्मेदवार चयन गरेको छ ।
राष्ट्रियसभा सदस्यका लागि जनमोर्चाले २ जना उम्मेदवारलाई अगाडि सारेको छ ।
जनमोर्चाले गण्डकी प्रदेशमा शंकरप्रसाद बराल र ५ नंं प्रदेशमा शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी र प्रदेश ५ बाट पार्टीले उठाएको २ उम्मेदवारले अन्य समूहबाट प्रतिस्पर्धा गर्ने जानकारी दिए ।











प्रतिक्रिया