३ कार्तिक २०८३, मंगलबार

आयोगलाई पूर्णता दिनेबारे नेकपा र काँग्रेसबीच बालुवाटारमा छलफल जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ ।   सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा र कांग्रेसबीच आज पनि छलफल सुरु भएको छ ।

प्रधामन्त्री केपी शर्मा ओली, नेकपा अक्ष्यक्ष पुष्पकमल दहाल प्रचण्ड तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ ।

शुक्रबार बसेको बैठकपछि आज आयोग गठनको विषयले पूर्णता पाउने नेताहरुले बताएका थिए । शनिबारको बैठकमा यो विषयमा सहमति जुटाएर नाम टुग्याउने तयारी छ। त्यसपछि सिफारिस समितिले बैठक बसेर क्याविनेटमा सिफारिस पठाउने छ ।

मन्त्रिपरिषदले अनुमोदन गरेपछि आयोग गठन हुनेछ। शुक्रबार सातवटै प्रदेशमा आयोगबारेको विधेयकको मस्यौदामा द्वन्द्वपीडितसँग परामर्श गर्ने बिषयमा पनि नेताहरुबीच छलफल भएको थियो ।