शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

दैनिक नेपाल २०७६ माघ ४ गते ९:२५

काठमाडौं, ४ माघ ।  सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा मध्यान्ह १२ बजे जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा दिउँसो ३ बजे मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

पुलिस ६ खेलमा २ खेलमा जित, २ मा हार, २ बराबरी सहित ८ अंक जोडेर तालिकाको सातौ स्थानमा छ ।

जावलाखेल २ खेलमा जित, १ मा हार र ३ बराबरी सहित ९ अंक जोडेर पाँचौ स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक जोडेर तेस्रो स्थानमा छ ।

थ्री स्टार ६ खेल मध्य ३ मा जित, २ हार र १ बराबरी सहित १० अंक जोडर तालिकाको चौथो स्थानमा छ ।

शीर्ष स्थानको आर्मीको १३ अंक रहेको छ । मछिन्द्रलाई गोल अन्तरमा पछाडी पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।

प्रतिक्रिया
सम्बन्धित