शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अफ्रिका कप फुटबलको मिति सार्नु लिभरपुलका लागि विनाश

दैनिक नेपाल २०७६ माघ ४ गते ९:२३

लण्डन, ४ माघ । इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक जर्गेने क्लोपले अफ्रिका कप अफ नेशन फुटबलको मिति जनवरीमा सारिनु आफ्नो क्लबका लागि विनाश सरह रहेको बताएका छन् ।

आउँदो वर्ष हुने अफ्रिका कप अफ नेशन फुटबल जुन–जुलाईमा हुने भनिएकोमा आयोजक राष्ट्र क्यानमरुनले सो समयमा मौसम उपयुक्त नहुने भन्दै जनवरीमा सारिएको जनाएको छ । अफ्रिका कप अफ नेशन आउँदो वर्षको जनवरी ९ देखि सुरु हुनेछ ।

यसको अर्थ इंग्लिस प्रिमियर लिगसहित विश्वका शीर्ष लिगहरुको आउँदो सिजनको मध्य तिरका खेलमा अफ्रिकन खेलाडी टिममा उपलब्ध हुने छैनन् ।

अफ्रिकी खेलाडीमा भर परेका क्लबहरुका लागि लिगका महत्वपूर्ण खेलमा पहिलो रोजाइका खेलाडी गुमाउनु पर्ने अवस्था आउने भएको हो ।

हाल प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलका महत्वपूर्ण खेलाडीहरु अफ्रिकन छन् । सेनेगलका साडिओ माने, इजिप्टका मोहम्मद सालह र गिनीका नाबी केइता आउँदो सिजनको मध्यमा टिममा नहुने भएका हुन् ।

प्रशिक्षक क्लोप्पले भनेका छन्, ‘चार हप्तासम्म हामीसँग महत्वपूर्ण खेलाडी हुने छैनन् । क्लबका रुपमा हामीले यसबारे सोच्नु पर्ने हुन्छ । यसले अफ्रिकन खेलाडीलाई हित गर्दैन ।’

प्रतिक्रिया
सम्बन्धित