सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

संसारकै होचा व्यक्तिको कीर्तिमानी थापामगरको निधन

दैनिक नेपाल २०७६ माघ ३ गते १९:०५


काठमाडौँ, ३ माघ । विश्वकै होचा व्यक्तिका कीर्तिमान राखेका खगेन्द्र थापामगरको २८ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा मगरको निधन भएको हो ।

मगरलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति १२ बजे मणिपाल अस्पताल भर्ना गरिएको थियो । अस्पतालको आईसीयूमा भर्ना भएका थापा मगरलाइ शुक्रबार दिउँसो चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ ।

खगेन्द्रको जन्म बाग्लुङ धुल्लुवासकोट ६ का मा भएको थियो । २०६७ असोज २८ गते विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । त्यतिबेला थापा ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च थिए ।

रूपबहादुर थापामगर र धनमाया थापामगरबाट खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्म भएको थियो । जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामका थिए । उनको वजन ५.५ किलोग्राम मात्र रहेको थियो ।

थापाको शनिबार रामघाटमा अन्त्येष्टि गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित