सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

दुई महिने शिशुसहित एकै परिवारका ४ जनाले त्रिशूलीमा हाम फाले !

दैनिक नेपाल २०७६ माघ ३ गते १७:३३


काठमाडौँ, ३ माघ । दुई महिने शिशुसहित एकै परिवारका चार जनाले त्रिशूली नदीमा हामफाल्दा १ जनाको निधन भएको छ भने २ जना बेपत्ता भएका छन् ।

बेनिघाट रोराङ गाउँपालिका ४ स्थित बाँदरे मोडछेउबाट हाम्फालेपछि बेपत्ता दुई बच्चाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं चन्द्रागिरीका विनय लामिछाने र जमुना रेग्मी लामिछानेले ६ र २२ महिनाका छोरा साथैमा लिएर बिहीबार साँझ करिब ६ बजे त्रिशूली नदीमा हाम्फालेका थिए ।

हाम्फालेलगत्तै श्रीमान विनयको स्थानीयबासीले जिवितै उद्धार गरेका थिए भने श्रीमती जमुना मृत भेटिएकी थिइन् । बेपत्ताहरुको बिहानैबाट खोजी कार्य जारी रहेको छ ।

त्रिशूली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको छ । जिवितै उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् ।

बेपत्ता मध्ये सानो छोराको शुक्रबार पास्नी थियो । पास्नी माइतीमा मनाइदिने उद्देश्यअनुसार उनीहरु उता गएका बताइएको छ । के कारणले उनीहरुले हामफालेका भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित