सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

गायिका आस्था राउतविरुद्ध प्रहरी जवान श्रेष्ठले हालिन् उजुरी

दैनिक नेपाल २०७६ माघ ३ गते १५:५७

काठमाडौं, ३ माघ ।    विमानस्थलमा आफूमाथि अभद्र व्यवहार गरेको भन्दै भिडियो सार्वजनिक गरेपछि विवादमा आएकी गायिका आस्था राउतविरुद्व प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी छिन् ।

गायिका राउतले आफू विमानस्थलमा चेकिङका लागि बसेको समयमा चेकजाँच गर्ने क्रममा अभद्र व्यवहार गरेको आरोप जवान श्रेष्ठले लगाएकी छिन् ।

जवान श्रेष्ठले विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्व उजुरी दिएकी हुन् । उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाइएको बताइएको छ।

गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । प्रहरी जवानले विमानस्थलमा चेकजाँचका क्रममा अभद्र व्यवहार गर्दै ‘तँ’ भनेको भन्दै गायिका राउतले आक्रोशपूर्ण भिडियो सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित