सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

बाथरुममा डुबेर एक वर्षीया बालिकाको मृत्यु

दैनिक नेपाल २०७६ माघ ३ गते १५:३४

जलेश्वर, ३  माघ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार दिउँसो स्नानगृह ९बाथरुम० मा डुबेर एक दूधे बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी एक वर्षीया आकृति साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

आफ्नै घरमा खेलिरहेकी बालिका साह खेल्दाखेल्दै अचानक घरसँगै रहेको बाथरुममा पसेपछि बाथरुममा राखिएको पानी भरेको बाटामा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । रासस

प्रतिक्रिया
सम्बन्धित