बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भ्रष्टाचारको नियन्त्रण यसरी गरौँ …

दैनिक नेपाल २०७६ माघ ३ गते १६:४७


– सुदर्शन जोशी
काठमाडौँ । “चारित्रिक बल यस्तो शक्ति हो जसले व्यक्तिलाइ सर्वज्ञ बनाउँछ, दिव्य बनाउँछ, विजयी बनाउँछ र महान बनाउँछ ।”

आजसम्म कोही व्यक्ति वा राष्ट्र धनबल, जनबल वा सेनाबल वा अन्य बलको आधारमा महान बनेको छैन । क्षणिकतामा देखिए पनि त्यो दिगो हुँदैन । त्यसैले हामीले सर्वदा चरित्रलाइ नै आधारमानि चरित्रबल लाइ मान्यता दिनु पर्दछ । सम्पूर्ण बल हरुको बल नै चरित्र बल हो ।

हाम्रो समाज, देशलाइ सर्वविजयी बनाउन र भ्रष्ट्राचारको अन्त्य गर्न चरित्र बल निर्माणको जागरण जगाउ । भन्ने गरिन्छ धनको क्षति केहि क्षति होइन, स्वास्थ्यको क्षति केही क्षति हो र चरित्रको क्षति भनेको सम्पूर्ण मुल्य मान्यताको क्षति हो ।

विदुरनीतिमा लेखिएको छ, “जसको चरित्र निन्दनीय छ, जो मुर्ख छ, गुणमा पनि दोष देखाउने, नराम्रो वचन बोल्ने र क्रोधी पनि छ, उसलाई चाँडै नै अनर्थ संकट आइपर्छ ।”

चरित्र व्यक्तिको व्यवहारमा देखिने कुरा हो वा चरित्र अनुभूति हुने कुरा हो । चरित्र व्यक्तिको अन्तर्आत्माबाट आउने कुरा हो । चरित्र भनेको राम्रो आचरण वा असल चालचलन हो ।

यो भ्रष्ट आचरणको विपरीत अर्थ दिने शब्द हो । भ्रष्ट आचरण नगर्नु नै सदाचार वा चरित्रबल हो । त्यसैले भ्रष्टाचार नगरी नेपाललाइ स्वर्ग बनाऔँ ।

हाम्रो शिक्षा मा धन बल, शारिरीक बल, ज्ञान बलको मात्र चर्चा गरिएको हुदा अब नैतिकता, असलता र चरित्र बलका सिद्धान्तहरुको समेत चर्चा गरिनु पर्दछ । उच्च गुणहरुको विभूषित एबं ओतप्रोत हुदा बल्ल राष्ट्रको भविष्य उज्ज्वल हुनसक्छ ।

त्यसैले विद्यार्थी, युवालाइ शिक्षारम्भ गराउँदादेखि सत्य बोल, असल बन, चरित्र बलको विकास गर भनि सदाचार, अनुशासनहरुको बीज अङ्कुरित, पल्लवित र पुष्पित गरि जीवनभर आत्मसाथ गर्ने बनाउनु पर्दछ ।

हामी के बन्ने हाम्रै हातमा, व्यवहारमा छ । सामान्य अर्थमा चरित्रहिन कार्य भन्नाले अवैध, गरैकाननूी वा कानून विरुद्धको कार्य हो भनि भन्न सकिन्छ । सामान्य समझको व्यक्तिको विचारमा उचित नठानिने वा उचित नभएको कायर्लाई नै चरित्रहिन कार्यको रूपमा बझ्नुपुर्ने हन्छ ।

अर्थात् कानुनलाइ हेला गर्नु भनेको वा नगर्ने कार्य गर्ने भनेको गर्न हुने र सक्ने अधिकार भएको कार्य आफूले नगरी जिम्मवोरी पन्छाउने कार्य नै चरित्रहिन कार्य हो ।

अझ स्पष्ट शब्दमा भन्नु पर्दा कानूनको माध्यमबाट राज्यशक्तिको प्रयोग गर्न अधिकार प्राप्त गरेको अख्तियारवालाले कानूनलाई वेवास्ता गरेर वा कानूनलाई छलेर गर्ने जुनसुकै कार्य नै चरित्रहिन कार्य हो । त्यस्ता व्यक्तिहरुको चरित्रबल हुँदैन ।

अहिलेको अवस्थामा व्यक्तिको परिस्थिति र मनस्थिति दुवै बिग्रेको छ भन्नु पर्ने हुन्छ । किनकी भष्ट्राचार बढिरहेको छ । यसो हेर्दा परिस्थिति सुधारबाट मात्र अपेक्षित नतिजा ल्याउन सकिँदैन जस्तो देखिन्छ ।

परिस्थितिको सुधार गर्न सहज छ, सजिलो छ । कठिन कुरा त मनस्थितिमा सुधार गर्नेमा हो । यसको लागि हामीले मनस्थितिमा परिवर्तन ल्याउन प्रवृत्तिमा परिवर्तन ल्याउनु पर्छ ।

व्यक्तिलाई तालिम, शिक्षा लगायतका विभिन्न तरिका र प्रक्रिया या अपनाएर परिवर्तन गर्ने प्रयास गर्न सकिन्छ । ज्ञान र सीपमा आउने परिवर्तन प्रवृत्तिमा आउने परिवर्तन भन्दा सहज र सजिलो छ ।

तर स्वयम व्यक्तिले चाहेन भने प्रवृत्तिमा अरूले परिवर्तन गराउन पनि सकिँदैन । त्यसका लार्गि फरकफरक अनुभव दिँदै जानुपर्छ । फरक अनुभवबाट फरक अनुभूति हुने गर्छ ।

विचार र भावनामा मात्र चरित्रवान नभइ व्यवहारमा नै चरित्रवान हुन जरुरी छ । भन्ने गरिन्छ उपदेश दिन सजिलो छ , आफैँले गर्न सजिलो छैन । तर हामी आफुलाइ सक्दो रुपान्तरण गर्ने प्रयत्न गरौँ ।

कोशिश गरे असम्भव भन्ने के नै छ र ? त्यसैले चरित्रवान, असल समाज बनाउनु मुख्य कुरा हो जसले मनस्थितिमा समेत सुधार ल्याउन सकोस् । यसका लागि चिन्तन मननको आवश्यकता छ ।

मनस्थितिमा सुधार ल्याउन “सरल जीवनको लागि खर्च कटौतीको सिद्धान्त”, “छिटो नखाउ, मिठो नखाउ” र “जिउने कला” जस्ता विषयमा शिविर चलाउनुपर्छ । जसले सम्पुर्ण परिस्थितिको सुधार गरोस् ।

अब हामी “ठुलो र सफल व्यक्ति होइन, असल र गुणी व्यक्ति निर्माण” गर्न मार्ग चित्रित गरौँ । भष्ट्राचार विरुद्धको अभियानका अभियान्ता सबै नेता हुन्, सामाजिक वस्तुकार हुन् र समाज सुधारक हुन् ।

समय आइसकेको छ हामीले कर्तव्य निभाउन अनुरोध गर्ने, सद्गुणी बन्ने बनाउने, साधना गर्ने गराउने र चरित्रबल पैदा गर्ने र गराउने छ ।

आज भ्रष्टाचारकै कारण अस्वभाविक र आश्चयर्जनक रूपमा अकुत सम्पत्तिका मालिकहरूको जन्म भइरहेको छ । के उनीहरुले मर्दा अकुत सम्पत्ति लिएर गएका छन् त । उल्टै बरु बदनामी भएका छन् । “बदनाम होइन नाम कमाउ, आफु शुद्ध हुदै प्रकृतिसँग रमाउ” ।

त्यसैले यसलाई समयमै रोक्न वा नियन्त्रण गर्न लागौँ । सकिएन भने भ्रष्टाचारमक्तु समाज बनाउने अभियानले साथर्कता पाउन सक्दैन । त्यसैले….जाग, उठ, लम्क हे नौ जवान हो ।

नैतिक चरित्र ले मानिसका आचरणलाई ठीक बेठीक वा उचित अनुचित छुट्याउन र त्यसलाई व्यवहारमा अपनाउन निर्दिष्ट गर्दछ । जसले जीवनका लागि असल के हुन, ती कुराहरू कसरी प्राप्त गर्न सकिन्छ र खास परिवेशमा ती कुराहरूको महत्व कति रहन्छ भन्ने ।

नैतिकवान, चरित्रवान, असल आचरण, व्यवहार र अनुशासन मानवीयताका सिद्धान्त हुन् । नैतिकता वा चरित्रवान शब्दले व्यवहारका नियमहरू बुझाउँछ, जसले ठीक वा गलत छुट्याउँछ ।

सामाजिक जीवनमा व्यक्तिले निर्वाह गर्नुपर्ने व्यवहार कस्ता हुनुपर्दछ र कस्तो चाँहि हुनुहुँदैन भन्ने विवेचनाका लागि आवश्यक आन्तरिक सामर्थ्य नै नैतिक आचरणले दिन्छ ।

त्यो नै उसको चरित्र हो । त्यसैले यसलाई जीवनको मार्ग पनि भन्ने गरिएको छ । स्पष्ट भन्न सकिन्छ व्यक्तिलाई असल सोच, असल बुझाई र असल व्यवहारका लागि नैतिकता, आचरण एवं चरित्र पूर्वशर्त हुन ।

चरित्र बल लाइ बुद्धले भनेका पन्च शीलमा मन, वचन र कार्यको शुद्धताले प्राप्त गर्न सकिन्छ । हत्या, हिंसा नगर्नु भनेको साकाहारी र करुणामयी हुनु हो ।

चोरी नगर्नु सत्यशील हुनु हो । झुठो नबोल्नु विश्वासिलो हुनु हो । मद्यपान, लागुऔषध प्रयोग नगर्नु विवेकी हुनु हो । व्यविचार, भ्रष्टाचार नगर्नु भनेको सभ्य हुनु हो ।

हामी विवेकशील, चेतनशील प्राणी हौँ । त्यसैले हामीले सक्छौँ यी सबै सिद्धान्तहरुलाइ आत्मसात गर्न र चरित्र बलको विकास गरि भ्रष्ट्राचारको अन्त्य गर्न ।

लेखक अधिवक्ता तथा पीएचडी स्कलर हुन् ।

प्रतिक्रिया
सम्बन्धित