सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

ऋण तिर्न नसकेपछि वडाध्यक्षले भारत पुगेर गरे आत्महत्या

दैनिक नेपाल २०७६ माघ ३ गते १५:१२

काठमाडौं, ३ माघ ।    बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्काले आत्महत्या गरेका छन्। ६८ वर्षीय खड्काले भारतको बहराइच पुगेर एक होटलमा आत्महत्या गरेका हुन्। उनको सुसाइड नोटमा बैंकको ऋण तिर्न नसकेकाले आत्महत्या गरेको उल्लेख छ।

खड्काले पुस २९ गते भारतको बहराइचस्थित शंकर होटेलमा विष सेवन गरी आत्महत्या गरेका थिए। बैँकले ऋण चुक्ता गर्न बारम्बार मानसीक यातना दिएपछि उनले आत्महत्या गरेको खुल्न आएको हो ।

वडाध्यक्ष खडकाको बैँकमा २०र२२ लाख ऋण रहेको पाइएको छ । खड्काले आत्महत्याको लागि उपयुक्त स्थान भारतको बहराइचस्थित शंकर होटल देखेको हुँदा त्यहाँ आएर विषादी सेवन गरेको भन्दै होटल साहुलाई केही पनि दुःख नदिन आग्रहसमेत गरेका छन्।

जाजरकोटबाट बसाइँ सरेर कोहलपुर आएका वडा अध्यक्ष खड्का पुस २९ गते बिहान ७ बजेतिर सुर्खेतको मेहलकुना जान भनी घरबाट निस्केको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित