सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

टिपरले किचेर हत्या गरिएका दिलीपका परिवारलाई भेट्न पुगे मुख्यमन्त्री राउत

दैनिक नेपाल २०७६ माघ ३ गते १५:००

धनुषा, ३ माघ ।   अवैध उत्खनन्को विरोध गर्दा टिपरले किचेर हत्या गरिएका धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका दिलीप महतोका परिवारलाई मुख्यमन्त्री लालबाबु राउतले भेटेका छन् ।

भेटमा मुख्यमन्त्री राउतले हत्यारालाई कडा भन्दा कडा सजाय दिलाउन पहल गर्ने आश्वाशन दिएका छन् ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार महतोको परिवारलाई हरसम्भव सहयोग गर्न तयार रहेको विश्वास दिलाउँदै राउतले दिलिपको तस्वीरमा पुष्पअर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरे ।

प्रदेश सरकारले महतोको परिवारलाई यसअघि नै पाँच लाख रुपैयाँ राहतको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित