बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश बैंक खातामा

दैनिक नेपाल २०७६ माघ ३ गते १५:०२


काठमाडौँ, ३ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा यही पुस २९ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो ।

बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले २०७६ पुस १५ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गरेको थियो । यस अनुसार २०७६ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको छ ।

हालसम्म लाभांश प्राप्त नगर्ने शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउन समेत बैंकले जानकारी गराएको बैंकका कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जनाएका छन् । बैंकको शेयर रजिष्ट्रार एन आई बिल क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित