९ मंसिर २०८३, बुधबार

आयोगलाई पूर्णता दिनेबारे नेकपा र काँग्रेसमा अझै सहमति जुटेन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ ।   सत्य निरुपण तथा वेपत्ता छानविन आयोगलाई पूर्णता दिन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको छलफलमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई पूर्णता दिने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ ।

आजको छलफलमा पनि पदाधिकारी नियुक्तीको विषयमा सहमति जुट्न सकेन । भोलिको लागि बैठक पुन बोलाइएको छ ।