९ मंसिर २०८३, बुधबार

श्रम स्वीकृतीमा सहजीकरण गरिदिन नेपाली व्यवसायी संघ कतारद्धारा राजदूतसँग आग्रह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ ।   कतारमा रहेर व्यवसाय गर्ने नेपाली व्यवसायीहरुको संस्था नेपाल व्यवसायी संघ कतारले कतारस्थित नेपाली राजदूत नारदनाथ भारद्वाजलाई भेटि कतारमा श्रम स्वीकृतिका लागि सहजीकरण गरिदिन आग्रह गरको छ ।

संस्थाका अध्याक्ष महेन्द्रप्रसाद चौलागाईले बुझाएको पत्रमा नेपालबाट रोजगारीको सिलसिलामा कतार आउँदा विभिन्न पेशामा रोजगारी गर्न कामदारको रुपमा कतार आएका र यहाँ रहदै बस्दै गर्दा आफ्नै व्यवसाय शुरुवात गरि धेरै नेपालीहरु व्यवसायीमा रुपान्तरण भएको व्यहोरा जानकारी गराएको छ ।

‘हाल नेपाल सरकार श्रम तथा रोजगार विभागले श्रम स्वीकृतिमा कडाई गर्दै लाइसेन्स देखाउनु पर्ने, पहिलाको पद, नाम र हालको पद, नाममा फरक पर्ने भएमा इम्प्लोइमेन्टको करार देखाउनु पर्ने, श्रम कार्यालयमा स्वयं उपस्थित हुनु पर्नेलगायतका झञ्झटिलो प्रक्रिया लागु गरेको छ । सीमित समयमा धेरै व्यवसायिक कार्यहरु गरेर पटक–पटक यात्रा गरिरहनुपर्ने व्यवसायीहरु ति झञ्झटिला तर बाध्यात्मक प्रक्रियाको कारण श्रम स्वीकृति लिन कठिनाई भोगिरहेका छौं’, पत्रमा उल्लेख छ ।

व्यवसायी पहिचाहानको मुख्य आधार कतारको कम्पनी रजिष्टार प्रमाणपत्र मा नाम उल्लेख हुनु हो तसर्थ त्यसैलाई आधार मानेर वा कुनै परिचयपत्र जारी गरेर अथवा व्यवसायीहरुको आधिकारिक सूची तयार गरेर कार्यान्वयन गर्न सकिने र त्यसको लागि नेपाली व्यवसायी संघ कतार आवश्यक समन्वय र सहजिकरण गर्न सदैव तत्पर रहेको व्यहोरा समेत अनुरोध गर्दछौं’, संस्थाले उल्लेख गरेको छ ।

संघले पत्रको बोधार्थ श्रम तथा रोजगार मन्त्रालय, प्रधानमन्त्रीको कार्यलय र गैरआवासीय नेपाली संघ, अन्र्तराष्ट्रिय समन्वय परिषद्मा पनि पठाएको जानकारी दिएको छ ।