९ मंसिर २०८३, बुधबार

परिवारसहित त्रिशुलीमा हाम फालेका विनयको उद्वार, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेनीघाट, ३ माघ । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेको झोलुङ्गे पुलबाट दुई बच्चासहित दम्पती त्रिशूली नदीमा हाम फालेका छन् ।

झोलुङ्गे पुलबाट हाम फाल्दा श्रीमतीको ज्यान गएको छ भने दुई बच्चा बेपत्ता भएका छन् । श्रीमानको भने रेस्क्यु टोलीले तत्काल उद्धार गरेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मी दुई बच्चासहित त्रिशूलीमा हाम फालेका हुन् ।

उनीहरू आफ्ना दुई वर्षीय र ६ महिने छोरासहित बिहीबार साँझ साढे ६ बजेतिर धादिङ र गोरखाको घ्याल्चोक जोड्ने पुलबाट हाम फालेको प्रहरीले बताएको छ ।

जमुनाको शव पुल नजिकै फेला परेको छ । दुई बालकहरूको खोजी भइरहेको छ । विनयले व्यापारमा डुबेपछि आत्महत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको प्हरीले जनाएको छ । प्रहरीका अनुसार उनी अनलाइन व्यापार गर्थे। पछिल्लो वर्षमा घाटा व्यहोरेपछि उनी मानसिक तनावमा थिए।