९ मंसिर २०८३, बुधबार

ट्याक्टरले किच्दा बालकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ३ माघ ।   सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुतली टोलका डिकबहादुर थापाका ६ वर्षीय छोरा आयुष थापाको ट्रयाक्टरले किचेर मृत्यु भएको छ।

बिहीबार अपराह्न साढे ४ बजे रामबहादुर दुलालको घरमा रहेको को२त ९६०७ नम्बरको ट्याक्टर ब्याक गरेर बाटोमा निकाल्ने क्रममा उक्त ट्याक्टरले किच्दा बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उक्त प्रहरी कार्यालयले जनाएको छ।