९ मंसिर २०८३, बुधबार

सोल्टी मर्‍यो, एक्लो भइन् मितिनी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ ।  नेपाल सरकारले चीनलाई उपहार स्वरुप दिएको ‘सोल्टी’ नामको एकसिंगे भाले गैंडा मरेको छ । गत वर्ष नेपाले चीनलाई दुई भाले र दुई पोथी गरी चारवटा गैँडा उपहार स्वरुप दिइएको थियो ।

राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुसार ‘सोल्टी’ चीनको सांघाई पार्कमा मरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले केही दिनअघि ‘सोल्टी’ मरेको पुष्टि गर्नुभयो ।

चीनले नेपाललाई जानकारी गराए अनुसार पेटको समस्याले गर्दो ‘सोल्टी’ मरेको हो ।

सरकारले २०७५ भदौ पहिलो साता नेपाल–चीनमैत्रीको प्रतिकका रूपमा ‘सोल्टी’ सहित ‘मितिनी’ नामको पोथी गैंडा चीनलाई हस्तान्तरण गरेको थियो । भाले मरेपछि सांघाई पार्कमा पोथी मितिनी एक्लिएको छ । ‘सोल्टी’ र ‘मितिनी’ लाई सांघाई पार्कमा राखिएको थियो ।

एक्ली मितिनीको साथी नहुँदा उसलाई समेत न्यास्रिएकी छिन् ।