शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘ए’ डिभिजन लिगको सातौं चरणका खेलमा आज मछिन्द्र र हिमालयन शेर्पा भिड्दैं

दैनिक नेपाल २०७६ माघ ३ गते ९:३३

काठमाडौं, ३ माघ ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सातौं चरणका खेल आजबाट सुरु हुँदैछ । लिगको छैटौं चरण सकिएको दुई दिनपछि पुनः सातौं चरणको खेल सुरु हुन लागेको हो ।

सातौं चरणका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आज एक मात्र खेल हुनेछ । मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ ।

दिउँसो ३ बजे सुरु हुने खेलमा मछिन्द्र शेर्पालाई हराउँदै आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा हुनेछ । लिगमा अपराजित मछिन्द्रले १३ अंक जोडेको छ ।

लिगमा मछिन्द्रले ६ खेलमा ४ जित र २ बराबरी खेलेको छ । शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ । १३ औं स्थानको शेर्पाले ६ खेलमा २ हार र ४ बराबरीसहित ४ अंक जोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित