३१ आश्विन २०८३, शनिबार

बालुवाखानीमा स्वास्थ्य शिविर हुने, सुगरको परिक्षण निःशुल्क

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ माघ । बुढानिलकष्ठ नगरपालिका वडा नं १० रहको बालुवाखानी हेल्थ केयर सेन्टर प्रालिले यही माघ ४ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

शिविरमा जनरल फिजिसियन, बालरोग, प्रसुति स्त्री तथा निःशन्तान, हाडजोर्नी तथा नशा, दन्तरोग, फिजियोथेरापी सेवा, सामान्य डेसिङ लगायतको सेवा उपलब्ध गराईने हेल्थ केयरका अध्यक्ष श्रीराम अधिकारीले बताए ।

अधिकारीका अनुसार स्वास्थय शिबिरमा ई.सि.जि, डिजिटल एक्स र सेवामा २० प्रतिशत छुटको ब्यबस्था गरिएको छ ।

शिविरमा सिनियर कन्सलटेन्ट डा. एस.बी खड्का, बालरोग बिशेषक्ष सिनियर कन्सलटेन्ट गणेश श्रेष्ठ, सिनियर कन्सलटेन्ट श्रीप्रसाद अधिकारी, डा. अनिल कुमार गुप्ता, डा. सजनी बस्नेत नेपाल लगायतको चिकित्सक टोलीले सेवा दिने शिविर संयोजक विष्णु गिरीले जानकारी दिए ।

हेल्थ केयरले फरक अनुभव सहितको स्वास्थ्य सेवा उपलब्ध गराएको बालुवाखानी हेल्थ केयरले पहिलो पटक स्वास्थ्य शिविर आयोजना गरेको संञ्चालक गोपाल केसीले बताए ।

केसीका अनुसार स्वास्थय शिबिरमा आएकाको चिकित्सकको सल्लाह अनुसार सुगरको निःशुलक जाँच तथा प्याथोलोजी ल्याबमा ३० प्रतिशतको छुटको व्यवस्था गरेको जानकारी दिए ।

शिविरको व्यवस्थापन गरिरहेका सुनिल केसीका अनुसार स्वास्थ्य शिविरमा ५०० जनाको निःशुलक स्वास्थ्य परिक्षण गर्ने तथा औषधी वितरण गर्ने तयारी रहेको जानकारी दिए ।

बिहान ९ बजेदेखि शुरु हुने स्वास्थ्य शिविर दिनको २ बजे सम्म संञ्चालन हुनेछ । हेल्थ केयरका अध्यक्ष श्रीराम अधिकारीले कमिशन रहित सहुलियतपूर्ण गुणस्तरीय स्वास्थ्य परिक्षण हाम्रो अभियान अन्तर्गत बुढानिलकष्ठ क्षेत्रका जनतालाई ध्यानमा राखी स्थापना गरेको बताउँदै सोही अनुसार स्वास्थ शिविरको आयोजना गरेको बताए ।

बढ्दो शहरीकरण र प्रदूषणका कारण राजधानीमा अप्रत्याशित रूपमा बढिरहेको बिरामीहरूको स्वास्थ्य समस्यालाई समाधान गर्ने परामर्श सेवा पनि शिबिरमा उपलब्ध गराईने छ । हेल्थ केयरमा अध्यक्ष अधिकारीले भने हामीले अहिले नाफामुखी भन्दा पनि सेवामुखी भावनाले स्वास्थ्य सेवा दिन खोजिरहेका छौँ ।

शिविरमा बुढानिलकष्ठ नगरपालिकाका बडा नं १०, ११ र १२ वडाका जनताले प्रत्यक्ष लाभ लिनेर ५०० भन्दा बढीले स्वास्थ्य परिक्षण गर्ने हेल्थ केयरले जनाएको छ । शिविर संञ्चालनमा बु.न.पा १० वडाले स्थानीय क्लव तथा सामाजिक संघ संस्थाले पनि सहयोग गरेका छन ।