बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

युएईमा १८ जना नेपाली सवार बस दुर्घटना, ५ जनाको मृत्यु

दैनिक नेपाल २०७६ माघ २ गते २०:२८

तस्वीर : गल्फ न्युज

काठमाडौँ, २ माघ । संयुक्त अरब इमिरेट्समा १८ जना नेपाल सवार मिनिबस दुर्घटना भएको छ । दुर्घटनामा घटनास्थलमै ५ जनाको मृत्यु भएको छ ।

उनीहरु कुन मुलुकका हुन् भन्ने खुल्न सकेको छैन । अबुधाबीको अल रह सडक अन्तर्गत स्थानीय समय अनुसार बिहीबार बिहान ५ ३० बजे दुर्घटना भएको हो ।

यूएईस्थित नेपाल दूतावासका अनुसार २४ जना सवार मिनिबसमा १८ जना नेपाली थिए ।

राजदूत कृष्णप्रसाद ढकाल र अन्य उच्च नेपाली अधिकारीहरु घाइते नेपालहरु भर्ना भएका माफराक र अन्य अस्पतालमा पुगेका छन् । दूतावासले भनेको छ, “हामी ती कामदार भएको कम्पनीको सम्पर्कमा छौं । विस्तृत विवरण प्राप्त गर्नेबित्तिकै सार्वजनिक गर्नेछौं ।”

गल्फ न्युजले भने ६ जनाकाे मृत्यु र १९ जना घाइते भएकाे जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित