३१ आश्विन २०८३, शनिबार

बेल्जियमकी राजकुमारी नेपाल भ्रमणमा आउँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ माघ । बेल्जियमकी राजकुमारी एस्ट्रिड एक हप्ताको लागि नेपाल भ्रमणमा आउने भएकी छन् ।

माघ ५ गते आइतबारदेखि ११ गते शनिबारसम्म उनी नेपालमा बस्नेछिन् । नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गर्नेछिन् ।

साथै उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली र स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग उनको छुट्टाछुटै भेटघाट गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै, राजकुमारी एस्ट्रिड कैलाली, नवलपरासी र चितवनको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । कैलालीमा उनले क्षयरोग सेन्टरको उद्घाटन समारोहमा सहभागी जनाउनेछन् भने त्यहाँका बिरामीहरुसँग पनि भेटघाट गर्नेछिन् ।

त्यस्तै नवलपरासीको मिडपोइन्ट अस्पतालमा क्षयरोग र कुष्ठरोगका बिरामीहरुलाई समेत भेट्नेछिन् । उक्त अस्पतालमा उनकै अध्यक्षता रहेको बेल्जियमको गैरसरकारी संस्था डमियन फाउन्डेसनले सहयोग गर्दै आएको छ ।

ओटावा कन्भेन्सनका लागि विषेश दूत समेत रहेकी एस्ट्रिड खानी उत्खनन् विरुद्ध अभियानमा समेत सामेल छिन् । यस भ्रमणले नेपाल र बेल्जियमबीचको दुईपक्षीय सम्बन्धमा अझ सुधार आउने परराष्ट्र मन्त्रालयले बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।