१ कार्तिक २०८३, शनिबार

‘ऐतिहासिक खत्रक्पा र फुलुङगी साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुन्छ’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


इलाम, २ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले इलामको खत्रक्पा र फुलुङगी क्षेत्रलाई धार्मिक तथा साँस्कृतिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने बताएका छन् ।

वुधबार किरात माङहिम शिलान्यास तथा किरातीहरुको महान पर्व कक्फेवा तङनाम माघेसंक्रान्ती सत्यहाङमा शान्ति मकरमेला समापन समारोहलाई सम्बोधन गदैै उनले यस्तो बताएका हुन् ।

मन्त्री नेम्बाङले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र वर्तमान गुरु आत्मनन्दले ज्ञान प्राप्त गर्नु भएका खत्रक्पा र फुलुङगी ऐतिहासिक भूमि रहेको बताए ।

उनले भने, ‘यो ऐतिहासिक भूमि पवित्र छ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द ज्यूले ज्ञान प्रप्त गर्नु भएको पवित्र भूमि यही हो ।’ उनले थपे, ‘वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेईङ’ ज्यूले ज्ञान प्रप्त गर्नु भएको पवित्र भूमि पनि यही हो ।’

उनले राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्देन र वर्तमान किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङले कठोर तपस्या गरेर प्राप्त गरेका ज्ञान र शक्तिलाई विश्व मानव हितका लागि उपयोग गर्नु पर्ने धारण राखे ।

विश्व शान्ति र मानव एकताको कामना गर्दै २ लाख १७ हजार २ सय १६ बत्ती प्रज्वलन गर्नु भएका नेम्बाङले यो अवसर जुरेकोमा आफुलाई भाग्यमानी ठानेको बताए । उनले भने, ‘धेरै पहिलेदेखि यस ठाउमा आउन चाहेको तर आउन नसकेको यसपटक भने आयोजकको निमण्त्रणाले इच्छा पुरा भएको छ ।’

यस क्षेत्रको चौतर्फी विकासका लागि माङसेबुङदेखि फुलुङगी, खत्रक्पा, राँके हुँदै किरातीहरुको धार्मिक तिर्थस्थल फक्तालुङसम्म मोेटरबाटो निर्माणको काम समेत अघि बढाइएकोे मन्त्री नेम्बाङले जानकारी दिए ।

कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन ‘सेईङ’ तथा गुरुआमा साँवा पवित्रहाङमा लिङदेन, पूर्व राज्य मन्त्री बेनुप प्रसाईं, प्रतिनिधि सभाका सांसद एल. पी. साँवा र स्थानीय तह प्रतिनीधिहरुका समेत उपस्थिति रहेको थियो ।

मन्त्री नेम्बाङले वुधबार नै माई खोलामा निर्माणका अन्तिम चरणमा रहेको ५ सय ७५ मीटर लामो पक्की पुलको समेत निरीक्षण गरेका छन् ।