शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

रुसी प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा

दैनिक नेपाल २०७६ माघ २ गते ९:१४

काठमाडौं, २ माघ ।  रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले संविधानमा संशोधनको प्रस्ताव राखेपछि प्रधानमन्त्री मेदवेदेवले पदबाट राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री मेदवेदेवले राष्ट्रपति पुटिनको प्रस्तावले सत्ता सन्तुलनमा काफी अहम बदलाव आउने बताएका छन् ।

उनले संविधान संशोधनले कार्यकारी प्रमुख, मन्त्रिमण्डल र न्यायपालिका जस्ता महत्वपूर्ण अंगहरुको शक्तिमा फेरबदल आउने भएकाले आफुले राजीनामा दिएको उल्लेख गरेका छन् ।

राष्ट्रपति पुटिनले राखेको संविधान संशोधनको प्रस्तावमा जनमत संग्रह गराइने छ । जसका कारण सत्ताको शक्ति राष्ट्रपति भन्दा संसदसँग धेरै हुनेछ ।

राष्ट्रपति पुटिनले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका मेदवेदेगलाई राष्ट्रिय सुरक्षा परिषद्को उपाध्यक्ष बनाउने निर्णय गरेका छन् ।

प्रधानमन्त्री मेदवेदेवको राजीनामालाई अप्रत्यासित मानिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । राष्ट्रपति पुटिनले प्रधानमन्त्रीलाई पदबाट हटाउनुको कारण खुल्न सेकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित