शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा युभेन्टस प्रवेश

दैनिक नेपाल २०७६ माघ २ गते ७:३९

लण्डन, २ माघ । पाउलो डिबालाको उत्कृष्ट प्रदर्शनमा इटालियन क्लब युभेन्टस कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा युभेन्टसले युडिनेसलाई ४–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि डिबालाले दुई तथा गोन्जालो हेगुइन र डुग्लस कोस्टाले एक–एक गोल गरे । १६ औँ मिनेटमा हेगुइनको गोलबाट युभेन्टसले सुरुवाति अग्रता लियो।

२६ औँ मिनेटमा पाएको पेनाल्टीमा डिबालाले गोल गरेपछि पहिलो हाफमा युभेन्टस २–० ले अघि रह्यो । ५७ औँ मिनेटमा डिबालाले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै ६१ औँ मिनेटमा पाएको पेनाल्टीमा कोस्टाले गोल गरेपछि युभेन्टसले ४–० को जित पक्का गरेको हो ।

यो खेलमा क्रिष्टियानो रोनाल्डो थिएनन् । बुधबार नै उनी बिरामी भएपछि टिमबाट निकालिएका हुन्। ३४ वर्षका रोनाल्डोलाई साइनस इन्फेक्सन भएको हो ।

बुधबार राति नै भएका खेलमा एसपिएएललाई ३–० ले पराजित गरेको एसी मिलान तथा एट्लान्टालाई २–१ ले निराश पारेको फियोरेन्टिना पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित