१ कार्तिक २०८३, शनिबार

९ लाख घुससहति डिभिजन सडक पोखराका प्रमुख पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेललाई घुससहित पक्राउ गरेको छ । आयोगको पोखराको टोलीले पोखरेलसहित ५ जनालाई ९ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरेलसहित इन्जिनियर पवित्रमणि आचार्य, कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मा, जिएसआर निर्माण सेवाका प्रोपाइटर ऋषि गौतम रहेका छन् ।

डिभिजन सडक कार्यालय, पोखराअन्तर्गत सडक स्तरोन्नतिका सिलसिलामा घुसको लेनदेन हुँदैछ भन्ने सुचनाको आधारमा आयोगको निगरानीबाट पक्राउ गरेको हो ।

सडक कार्यालयका प्रमुख पोखरेल, इन्जिनियर आचार्य र २ कार्यालय सहयोगीहरुलाई डिभिजन सडकको सरकारी निवासबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको थियो ।

घुस दिएलगत्तै फरार भएका जीएसआर निर्माण सेवाका गौतमलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।