१ कार्तिक २०८३, शनिबार

१२ हजार मानिस मारेको जिम्मा म लिन्न : प्रचण्ड

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १ माघ । सत्तारुढ (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धमा तत्कालीन माओवादीद्धारा १७ हजार मारिएको कुरा असत्य भएको बताएका छन् । वुधबार माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने ‘मलाई ताकेर साथीहरुले धेरै कुरा राख्नु भएको छ । ति सबै कुराको जवाफ दिन सक्दिनँ । म तथ्यांक मात्र सच्याउन चाहन्छु । मैले १७ हजार मान्छे मारेर आएको तथ्यांक भन्ने गरिन्छ । साथीहरु यो सत्य होइन ।

यो सत्य होइन’, प्रचण्डले भने, ‘सत्य के हो भने हिजोको सामन्ती राजाहरुले १२ हजार मारेका हुन् । मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म जिम्मा लिन्छु । तर राजाले मारेको १२ हजारको कुरा नहुने ? राज्यले मारेको पनि मेरै टाउँकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन ।’

प्रचण्डले युद्धमा भएका राम्रा र नराम्रा कामको जिम्मेवारी आफूले लिने प्रष्ट पारे । ‘युद्धको म जिम्मा लिन्छु । त्यहाँ भएका राम्रा र नराम्रा कामको म जिम्मेवार छु । म त्यहाँ भएका कामबाट भाग्ने काम हुँदैन’, उनले भने ‘तर नगरेको काम पनि मलाई नै थुपार्ने काम नगर्नुहोस् ।’

त्यस्तै उनले टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई छुटाउने पनि बताए । उनले केही समयको धैर्य गर्न आग्रह गर्दै सो बताएका हुन् ।