सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

हत्यामा संलग्नको आशङ्कामा दुई पक्राउ

दैनिक नेपाल २०७६ माघ १ गते १५:१०


इलाम, १ माघ । गत आइतबार मृतावस्थामा फेला परेका एक युवकलाई हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

यहाँस्थित सूर्योदय नगरपालिका–७ गोगनेका २९ वर्षीय विमल घलेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भारत दार्जि्लिङ विजनबारी घर भएका २९ वर्षीय विजय घले र स्थानीय २८ वर्षीय समुन घलेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै मृतक घलेसँगै रहेको खुलेपछि हत्या गरेको आशङ््कामा पक्राउ गरेको जनाइएको छ ।

आइतबार राति १० बजे मादकपदार्थ सेवन गरी झगडा हुँदा ढुङ्गा प्रहार गरेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

सोमबार बिहान नजिकैको खोल्सीमा विमललाई मृतावस्थामा स्थानीयवासीले फेला पारेका थिए । घटनास्थल वरिपरि रगत चुहिएको र मृतकको शरीरमा ढुङ्गा प्रहार भएजस्तो गहिरो चोटपटक र नीलडाम देखिएको थियो । शव परीक्षण गरी मङ्गलबार परिवारलाई जिम्मा लगाइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित