शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपाल राष्ट्र बैंक र मुक्तिनाथ तथा देव विकास बैंकबीच आरटिजिएस सम्झौता

दैनिक नेपाल २०७६ माघ १ गते १४:४६

काठमाडौँ, १ माघ । नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक लि तथा देवः विकास बैंक लिमिटेडबीच आरटिजिएस प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंक लिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवः विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरे । यस सम्झौता पश्चात भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

प्रतिक्रिया
सम्बन्धित