शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

के छ सखरखण्ड खानुका फाइदा ?

दैनिक नेपाल २०७६ माघ १ गते १०:०४

काठमाडौं । नेपाली समाजमा माघेसङ्क्रान्तिको दिन सखरखण्ड खाने चलन छ । माघेसङ्क्रान्तिकै दिनमात्र नभई अन्य दिनमा सखरखण्ड खानु फाइदाजनक मानिन्छ ।

सखरखण्ड स्वादको लागि मात्र नभई स्वास्थ्यको लागी पनि फाइदाजनक छ । यसको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ ।

आलु जस्तो लामो लामो हुने सखरखण्डमा भिटामिन ए ,सि , क्यालोरी , प्रोटिन ,फाइबर ,मिनिरल्स र एन्टीअक्सिडेट प्रशस्त मात्रामा पाइन्छ । जाडो मौसममा पाइने सखरखण्ड खानाले हाम्रो शरिर न्यानो हुन्छ । सखरखण्डले मधुमेह र रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

यसमा भिटामिन ए पनि पाइने हुनाले यसको सेबनले आँखा तेजिलो बनाउछ । सखरखण्डको सेबनले मिर्गौंलालाई स्वस्थ राख्न सहयोग गर्छ ।

यसमा एन्टीअक्साइडेट तत्व पाइने हुनाले क्यान्सरको खतरा कम गर्छ । यसले शरिरमा कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ ।

सखरखण्डमा भिटामिन डी पाइने हुनाले यसको सेबनले हाड, दाँत, नशा, छालालाई स्वस्थ राख्न सहयोग गर्छ । यसले छालामा चाउरीपन आउन नदिई छालामा चमक पनि ल्याउछ ।

प्रतिक्रिया
सम्बन्धित