बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

लुकाकुकाे गोलले इटालीकाे जित

दैनिक नेपाल २०७६ माघ १ गते ९:३७

लण्डन, १ माघ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा त्यति चम्किन नसकेका बेल्जियन रामेलु लुकाकु इटाली गएपछि अत्याधिक चमकदार खेलाडी बनेका छन् ।

इटालियन सिरी ए फुटबल क्लब इन्टर मिलान गएका लुकाकु इन्टरका लागि गोल मेसिन बनेका छन् ।

कोपा इटालिया फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लुकाकुले दुई गोल गरे र टिमलाई ४–१ को जित दिलाए । खेल सुरु भएको २१ सेकेण्डमै गोल गरेर लुकाकुले अग्रता दिलाएको इन्टर मिलानले काग्लिएरीलाई पराजित गरेर क्वाटर फाइनलमा स्थान बनाएको हो ।

२२ औँ बोर्जा भालेरोले गोल गर्दै इन्टर मिलानलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । लुकाकुले ४९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ७२ औँ मिनेटमा क्रिष्टियन ओलिभाले काग्लिएरीका लागि एक गोल फर्काए ।

आन्द्रेया रानोकियाले ८० औँ मिनेटमा गोल गरेपछि इन्टर मिलान ४–१ ले विजयी भयो र कोपा इटालिया फुटबलको क्वाटर फाइनलमा प्रवेश गर्न सफल भयो ।

यस्तै मंगलबार राति भएको खेलमा साबिक विजेता लाजिओले क्रेमोनेसेलार्य ४–० ले पराजित गरेको छ । अर्को खेलमा नापोलीले पेरुगियालार्य २–० ले हराएको छ । युभेन्टसले बुधबार राति युडिनेससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित