शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

टिकटकले लियाे युवककाे ज्यान

दैनिक नेपाल २०७६ माघ १ गते ७:१४

नयाँदिल्ली । टिकटक भिडियो बनाउने चक्करमा १८ वर्षीय युवकको मृत्यु भएको छ । टिकटक भिडियो बनाउनकै लागि उनले बन्दुकको प्रयोग गरेका थिए । यसै क्रममा गोली चलेर उनको मृत्यु भएको हो ।

टिकटक भिडियोका लागि उनले आफ्नो बुबाको बन्दुक आमासँग मागेका थिए । केशव कुमारका पिता हाफिजगंज भारतका सिपाही हुन् ।

केशव कुमारका आमाका अनुसार, उनले बन्दुक नदिने बताएपछि युवकले जिद्धि गर्दै बन्दुक लिएका हुन् । युवकले भिडियो बनाउने क्रममा भूलवश आफ्नो कन्चेटमा गोली प्रहार गरेको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित