२८ आश्विन २०८३, बुधबार

टिकटकले लियाे युवककाे ज्यान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । टिकटक भिडियो बनाउने चक्करमा १८ वर्षीय युवकको मृत्यु भएको छ । टिकटक भिडियो बनाउनकै लागि उनले बन्दुकको प्रयोग गरेका थिए । यसै क्रममा गोली चलेर उनको मृत्यु भएको हो ।

टिकटक भिडियोका लागि उनले आफ्नो बुबाको बन्दुक आमासँग मागेका थिए । केशव कुमारका पिता हाफिजगंज भारतका सिपाही हुन् ।

केशव कुमारका आमाका अनुसार, उनले बन्दुक नदिने बताएपछि युवकले जिद्धि गर्दै बन्दुक लिएका हुन् । युवकले भिडियो बनाउने क्रममा भूलवश आफ्नो कन्चेटमा गोली प्रहार गरेको प्रहरीले जनाएका छन् ।