बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

कामना सेवा र नेपाल क्लियरिङ्ग हाउसबीच आरटिजिएस सम्झौता

दैनिक नेपाल २०७६ पुष २९ गते १८:५६


काठमाडौँ, २९ पुस । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउसबीच पुस २८ गते आरटिजिएस सम्झौता सम्पन्न भएको छ ।

नेपाल क्लियरिङ्ग हाउससँग भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईपीएसरकनेक्ट आईपीएस सुविधा अन्र्तगत आरटिजिएस सुविधा प्राप्त गर्न सक्ने छन्, जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउनेछ ।

यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आरटिजिएस सम्झौता गरि सकेको छ ।

यस बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित