शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सांग्रिला डेभलपमेन्ट बैंकले २३ कराेड बढीकाे नगद लाभांश दिने

दैनिक नेपाल २०७६ पुष २९ गते १८:४६

काठमाडौँ, २९ पुस । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पुस २९ गते काठमाडौँको लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७६ आषाढको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

सभाले चालु आ.व. २०७६/७७ को लागि श्री श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी २ अर्ब ६९ करोड ६६ लाख ४० हजार ४ सय रुपैयाँको ८.९५९३% (कर सहित)ले हुन आउने २३ करोड ३५ लाख ३७ हजार २ सय ९६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ ।

बैंकको मुलुकभर ८९ शाखा कार्यालयहरु, २६ एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयो श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित