बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

माघीमा प्रदेश १ र कर्णाली प्रदेशमा सार्वजनिक विदा

दैनिक नेपाल २०७६ पुष २९ गते १७:४२

सुर्खेत, २९ पुस । कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा माघ १ गते सार्वजनिक विदा हुनेगरी सूचना प्रकाशन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।

“माघ १ गते बुधबार कर्णाली प्रदेशभरका सबै सरकारी र सार्वजनिक कार्यालय बिदा हुनेछन्,” प्रवक्ता खड्काले भने, “सार्वजनिक संस्थान तथा शैक्षिक संस्था सबैले सार्वजनिक विदा पाउने छन् ।” प्रदेशवासी सबैको सहजताका लागि आज सार्वजनिक बिदाको सूचना प्रवाह गरिएको उनले बताए ।

त्यसैगरी, प्रदेश १ ले पनि माघी पर्वका अवसरमा विदा दिने घोषणा गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै माघीकै अवसरमा अन्य प्रदेश सरकारले पनि विदा दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित